चन्द्रपुर,७ साउन । ३७ आंै वीपी स्मृती दिबस पारेर बृक्षारोपण गरिएको छ । चन्द्रनिगाहपुरको कमलामाइस्थान वीपी वन बाटिकामा नेपाली काग्रेसका नेता तथा कार्यकताहरुले बृक्षारोपण गरेका हुन । बृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना, प्रदेश सभा सदस्य धनलाल ठोकर र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वीपी बाटिकामा बिभिन्न प्रजातीका बिरुवा रोपेका हुन । उक्त बाटिकामा बृक्षारोपण गरि हराभरा बनाउने योजना रहेको सो बाटिकाका अध्यक्ष खिला प्रसाद लामिछानेले बताए ।
चन्द्रपुर—४,टेकान टोलमा रहेको उक्त बाटिकामा विभिन्न प्रजातीका बिरुवाहरु रोप्दै आएको र अगामी दिनमा पनि विभिन्न प्रजाती बिरुवाहरु रोपेर बाटिका हराभरा बनाउने योजना रहेको सचिव निलहरि कोइरालाले जानकारी दिए ।