Sunday, October 17, 2021
जनकपुरधाम–शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई...
काठमाडौ । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरेको छ । वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको...
काठमाण्डौ–नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेका ४ सांसदहरुको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही विरुद्धको मुद्दामाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । माओवादी केन्द्रबाट...
जनकपुर–पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको,...
काठमाण्डौ–नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ । विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै...
काठमाण्डौ–जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री...
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। इजलाशले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छI प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु...
गौर । केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमाले केपी शर्मा ओली समूहले रौतहट सहित प्रदेश २ का तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । निर्वाचित जिल्ला अध्यक्ष र सचिव भएपनि ओलि...

छुटाउनु भयो कि?

ताजा अपडेट

https://janasarokardainik.com/wp-content/uploads/2019/05/janaki-2.gif