https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
हेटौंडा– मकवानपुर प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर लागूऔषध तथा हिंसा सम्बन्धी सचेतना जनाउने अभियानलाई निरन्तरता दिएको छ ।
अभियान अन्तर्गत हेटौंडा–११ नवलपुरमा रहेको त्रिभुवन माविका विद्यार्थीलाई सोमबार लागूऔषध र हिंसा सम्बन्धी सचेतना दिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक शिवराज गुरूङले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद कँडेल, शिक्षिका शान्ता पन्थी, स्थानीय समाजसेवी सुशील वि.क सहितको उपस्थितिमा ७५ जना विद्यार्थीलाई लागूऔषध दूव्र्यसन सम्बन्धी जानकारी गराएका हुन् । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्द्रले विद्यार्थीहरूलाई लैङ्गिक हिंसा सम्बन्धी जानकारी दिएको थियो ।
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg