बारामा मतान्तर बढाउदै यादब,रास्वापा चौथो स्थानमा

163
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

बारा। बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बडाउदै गएका छन। मंगलबार बिहान ७.३० बजे सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार १ सय ९९ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६८०६ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत पाएका छन् ।
यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले १ हजार ४ सय ५१ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५सय ९२ मत ल्याएका छन् ।
यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।