चन्द्रपुर । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएकाे छ ।चेन्नईले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको हाे ।
बैंगलाेरस्थित एम चिन्नास्वामी स्टेडियममा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २२६ रन बनाएको थियो । चेन्नईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन मात्र बनाएपछि खेल चेन्नईले जितेकाे हाे ।
त्यसअघि पहिले व्याटिङ गरेकाे चेन्नईले ६ विकेट गुमाएर २२६ रन बनाएको थियो ।पाँच खेलमा तेस्रो जित हात पारेको चेन्नाई ६ अंक जोडेर अंक तालिकाकाे तेस्रो स्थानमा उक्लेको छ ।
पाँच खेल नै खेलेको बेंगलोरको यो तेस्रो हार हो । बेंगलोर २ अंकसहित सातौं स्थानमा छ ।