रौतहटको ३ पालिकामा आगलागी,लाखौंको क्षती

245
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर । रौतहटका ३ पालिकामा भएका आगलागीका घट्नामा करोडौंको क्षती भएको छ । जिल्लाको ईशनाथ नगरपालिका ७ ठुलो घिउरा वस्ने ग्यासुदिन मंसुरीको खरले छाएको फुसको घरमा आगलागी हुदा .१लाख ,५० हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यस्तै जिल्लाको परोहा न.पा–३ स्थित तेजापाकड टोल वस्ने बिगु महतोको घर, नगद र जिन्सी मालसामान जल्दा .१२ लाख ८५ हजार वरावरको क्षती भएको छ । त्यस्तै जिल्लाको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुर टोल वस्ने दिनकर मुखियाको खपडाको छानो भएको कच्चि घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा, गर गहना, भाडाकुडा लगायत जल्दा .१७ लाख वरावरको क्षति भएको छ ।
यी ३ स्थानमा आगलागी हुदा दर्जनौ घर,अन्तपात,पशुचौपायमा जलेर नष्ट हुदा १ करोड १६ लाख ३५ हजार रुपैंया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन् । आगलागीबाट मानवीय क्षती भने नभएको र पालीकाहरुमा बारुणयन्त्र नहुदा गांउनै सखाप हुने अवस्था रहेको भन्दै स्थानीयले पालिका प्रमुखले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप समेत लगाएका छन् ।