चन्द्रपुर । रौतहटमा माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ठुलो धक्का लागेको छ । आज पत्रकार सम्मेलन गर्दै चन्द्रपुर नपा मेयर प्रत्यासी बाबुराम दाहाल सहित ३१ जना नेता नेकपा एमालेमा फर्किएका छ्न । समाजवादीले कम्युनिस्ट आन्दोलन पुरा गर्न नसक्ने भन्दै चन्द्रपुर ४ का पुर्व वडा अध्यक्ष अमर बहादुर आले,शेख कलिमुल्लाह, टीका कार्की, बिनोद चौधरी लगायत ३१ जना नेकपा एसका प्रभाबशाली नेताहरु एमालेमै फर्किएका हुन ।


