गरुडा । राैतहटको दुई पालिकामा सुचनाको हकका लागि आन्दोलन भई रहेको छ । गरुडा नगरपालिकाका मेयर प्रत्यासी दीपक यादब ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन गरिरहेका छन । अनसन बसेका यादवले स्थानीय प्रभावशाली व्यक्ति तथा राजनीतिककर्मिकाे समर्थन पाईरहेका छन । अनसन बसेका यादवकाे स्वास्थ्य अवस्था कमजाेर हुन थालेपछि साेहि नगरपालिकाका नगर प्रमुख कन्त मणि प्रसाद जयसवालले अनसन स्थलमा यादवलाई भेटी अनसन ताेडन आग्रह गरेका छन । नगरप्रमुख जयसवालले नगरबासीको चाहना अनुसार काम गर्ने प्रतिवद्वता गरेका हुन । सोही अनसन स्थलमा गई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले यादवलाई भेटी तपाईले मागे जतिको सबै सुचना दिने प्रतिवद्वता गर्दै अनसन ताेडन आग्रह गरेका छन । यादवलाई गरुडा नगरपालिकाका उपप्रमुख पुनम चाैधरीले भेटी नगरप्रमुख जयसवालले गरेको आग्रह अनुसार अनसन ताेडन अनुराेध गरेका थिए । आफुले मागेको १२ बुन्दे सुचना नपाए आमरन अनसन बाट टसमस नहुने, बरु प्राण त्याग्ने यादवले बताए। यता वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै रिले अनसन शुरु गरेका छन ।नगर प्रमुख विनाेद पटेल कुर्मिले थाेरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन । नगरप्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु एकजुट भई रिले अनसन बसेका हुन । विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउदै नगरप्रमुख प्रत्यासि तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव , नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकप माओवादी केन्द्रका नेता राम प्रसाद पटेल , नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम,नगर प्रमुख प्रत्यासि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव , रिले अनसन बसेका हुन । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसि रहेका छन । नगर प्रमुख विनोद पटेलले चैत्र ०६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले हाेहल्ला गर्न थाले पछि बैठक स्थगित गर्नु परेको थियो । बैठक स्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख विनोद पटेललाई सुरक्षित घर पुर्याउन प्रहरीले बल प्रयोग गर्नु परेको थियो । नगर प्रमुखले कार्यपालिका बैठकमा झेल्नु परेका समस्यालाई उदृत गर्दै प्रेस विज्ञ्पति निकालि सुचना दिन असमर्थता दर्शाए पछि सुचना मागकर्ता आन्दोलित भएका छन । पुर्व नगर प्रमुख राम स्नेही यादव , नगरप्रमुख पदका उमेदवारद्वय प्रेमशंकर प्रसाद यादव र रामप्रसाद पटेल र तथ वडा अध्यक्ष ४ जना सिकिन्द्र पटेल, हरिनारायण साह,श्याम नन्दन यादव र फेकु दासले २०७९ चैत्र १४ गते संयुक्तरुपमा निवेदन दिई १७ वुन्दे सुचना माग गरेका थिए । सोही बमोजिमको सुचना नपाए सम्म आन्दोलन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए ।सुचना दिन अझै ढिल्ला सुस्ति गरे आमरण अनसन गर्ने चेतावनी समेत दिएका छन।
सूचना माग्न बृन्दावन र गरुडामा आन्दोलन
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg