रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको श्री कालिका माबि माविका ७,८ र ९ कक्षामा अध्ययनरत बिधार्थी लाइ बिधुतिय अपराध न्यनिकरण तालिम संचालन गरीएको छ ।
चन्द्रपुर ७ वडा कार्यालयको सहयोग तथा जनसरोकार मिडिया प्रालिको आयोजनामा सो कार्यक्रम आयोजना गरीएको हो । किशोर अवस्थामा रहेकाहरुले मोवाइल तथा बिधुतिय उपकरणहरु प्रयोग गर्ने , सामाजीक संजालमा सकृय हुने र उनीहरु लाइ जोखिमको बारेमा पुर्ण जानकारी नहुने हुदा यस्ता तालिमले सचेत गराउने कार्यक्रमको उद्देस्य रहेको आयोजकले जनाएका छन।

कार्यक्रममा ७,८ र ९ कक्षाका छात्रछात्राहरुको सहभागिता रहेको थियो । उद्घोषण तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरी ,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सन्जय कार्की र अधिवक्ता बिपिन गौतमले बिधुतिय अपराध न्युनिकरणको बिषयमा सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटन कार्यक्रममा मोवाइल सहि प्रयोग र्गु पर्ने र पढ्ने समयमा मोवाइल प्रयोग गर्न नहुने वडा अध्यक्ष्य बिष्णु प्रसाद उप्रेतीले बिधार्थीलाइ जानकारी दिए।

अध्यक्ष उप्रेतीले यस्ता कार्यक्रमले किशोर किशोरीहरु लाइ सचेत गराउने र समाजमा अपराध कम हुदै जाने बिश्वास व्यक्त गरेका छन ।