https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ ले सडक अतिक्रमण हटाउन सुरु गरेको छ । बिभिन्न समयमा सडक अतिक्रमण गरेर बनाईएका संरचना हटाउन सूचना जारी गरेको वडाले सूचनालाई अटेर गरेपछी डोजर लगाएर संरचना भत्काएर बाटो अतिक्रमण हटाउन सुरु गरिएको वडा अध्यक्ष सहदेब केसिले जानकारी दिए । पहिलो चरणमा बुधबार क्याम्पस चोक देखि डाबरी जाने बाटो अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउन सुरु गरिएको अध्यक्ष केसिले बताए । पटक पटक अतिक्रमण खाली गर्न भन्दा पनि अटेर गरेपछी वडाका सबै भागको अतिक्रमण हटाएर तिब्रताका साथ नाला निर्माण कार्य अगाडि बढाईने अध्यक्ष केसिले बताए ।