सिन्दुेघारी क्याम्पसको अध्यक्ष पदमा थापा सर्वसम्मत

492
adv
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ सिन्दुेघारी बहुमुखी क्याम्पसको अध्यक्ष पदमा सुर्य बहादुर थापा सर्वसम्मत चयन भएका छन् । क्याम्पसको पाचौं बार्षिक चुनावी सभाबाट क्याम्पसको अध्यक्ष पदमा नेपाली कांग्रेस मधेश प्रदेशका सदस्य तथा मदेश प्रदेश भातृ समन्वय बिभाग प्रमुख सुर्य बहादुर थापा सर्वसम्मत चयन भएका हुन ।

त्यसै गरी उपाध्यक्षमा गोबिन्द तिमल्सिना,सदस्यमा सुमन गौतम,देव नारायण हुमागाई,प्रकाश चौलागाई,बिक्रम चौलागाई,सुनिल तिमल्सिना,कृष्ण देवकोटा,सावित्री मैनाली,सरस्वती गिरी,अधिकलाल चौधरी,पदेन सदस्यमा नवराज देवकोटा,गोविन्द प्रसाद दुलाल,गणेश पौडेल,अमृत के.सी,लेखा समितिमा संयोजक लक्ष्मी प्रसाद कोईराला,सदस्यमा झक्त प्रसाद तिमल्सिना,मनिषा दुलाल सर्वसम्मत चयन भएको सिन्दुेघारी बहुमुखि क्याम्पसका पुर्व अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

बि.स २०६९ फागुनमा त्रिभुवन बिश्वविद्यालय बाट सम्बन्धन लिएर बि.स २०७० सालबाट औपचारीक रुपमा जन जागृति माध्यामिक बिद्यालय सिन्दुरेघारीको भवनमा पठनपाठनको सुरुवात गरिएको थियो । बर्तामान अवस्थामा सो क्याम्पसले आफ्नो आन्तरिक स्रोत,९३ जना व्यक्तिसंग २० हजारको दरले रकम संकलन गरी बिश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पाच कठ्ठा निजी जमिन खरिद गरि ४ कोठे भवन निमार्ण समेत गरिसकेको छ ।