https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई कार्वाही गरेको छ ।
हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अनाधिकृत गतिविधि एवं नेपाली काग्रेंस पार्टि प्रति बफादार नभएर अन्य दलहरु संग साठगाठमा संलग्न भएको भन्दै चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई कार्वाही गरीएको नेपाली कांग्रेस चन्द्रपुर नगर समितीका सचिव गणेश चौलागाईले जानकारी दिएका छन् । सभापति रहेका कार्कीलाई कार्वाहि गरी उपसभापति बिष्णु बहादुर थापालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिईएको छ । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको २०७९ पौष ६ गते बसेको बैठकले सभापति रहेका कार्कीलाई कार्वाही गरी उपसभापति थापालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिईएको नगर सभापती मुकेश गिरीले जानकारी दिए ।