गैंडाटारबाट शुरु भयो जग्गाको नापजाँच

834

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ३ गैडाटारमा बिहिबार देखी जग्गाको नाप जाँचको काम सुरु भएको छ ।  राष्ट्रिय भूमि आयोगको समन्वयमा चन्द्रपुर ३ गैंडाटारबाट पहिलो चरणमा काम शुरु गरेको हो । सो कार्यको शुभारम्भ गर्नुहुदै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिक भुमिहिन हुन नदिन जग्गा नापजाँच गर्ने कार्य प्रारम्भ भएको बताए । 
संबिधानमा मौलिक हक अन्तर्गत भुमिहिन नागरिकलाई लालपुर्जा बितरण गर्नुका साथै शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आबश्यक्ता सरकारले पुरा गर्नु पर्ने उनले बताए । 
कार्यक्रममा प्रदेश सभा सदस्य युबराज भट्टराईले नागरिकको जीबनयापनको लागि भुमिहिन र सुकुम्बासी लाई जग्गाधनी प्रमाणपुर्जा बितरण कार्यहुनु सराहनीय रहेको बताए । राष्ट्रिय भूमि आयोग रौतहटका संयोजक लक्ष्मण रेग्मीले आयोगलाई दिएको अधिकार बमोजिम कार्य गरिने बताए ।   भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भन्दा बाहिर गएर पुर्जा वितरणको त्रुटिपूर्ण काम आयोगबाट नहुने रेग्मीले बताए ।