बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागी माननीय तिमल्सिना द्वारा शिलान्यास

55

हर्शाहा । रौतहटको चन्द्रनिगापुर–गौर सडक खण्डको बिर्ता चोकदेखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको छ । नवनिर्बाचित प्रतिनिधि सभा सदस्य एवं बिकास प्रेमी नेता माननीय देव प्रसाद तिमिल्सिनाले सोमबार बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गर्नुभएको हो । रणनीतिक सडक अन्तर्गत माननीय तिमिल्सिनाको संसद कोषको ५ करोडको रकमबाट बिर्ता चोक देखि भुसाहा सम्मको २.५ किलोमिटर कालोपत्र सडक निर्माण हुन लागेको नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरिले जानकारी दिनुभयो ।