गौरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद,एक ब्यक्ती पक्राउ

156

गौर । रौतहटको गौर नगरपालिकाबाट ठुलो परिमाणमा लागुऔषध गाजा बरामद भएको छ । प्रहरलिे गौर ३ को फलक पोल्ट्री (कुखुरा) फार्ममा अवैध लागूऔषध गाँजा खाल्डो खनी लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बरामद गरेको जनाएको छ ।
चेकजाँच गर्दा १२ पोकामा १ सय ८० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी उमाशंकर प्रसाद यादबले जानकारी दिए ।


प्रहरीले पोल्टी फार्म नजिकै राखेको बागमती प्रदेश ०१–००६–ख २८३० नं. को मिनि ट्रक र ट्रक चालक मकवानपुर आग्रा बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतानलाई समेत पक्राउ गरे थप अनुसन्धान गरिरहेको डिएसपी यादबले जानकारी दिए ।