तिमल्सिनाको अग्रता कायमै,भट्टराई जीत नजिक

441
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार देबप्रसाद तिमल्सिनाले आफ्नो अग्रता कायमै राहेका छन । चन्द्रपुर नगरपालिकाको १० वटै वडाको मतगणना हुदा तिमल्सिनाले १४ हजार ७ सय ६७ मत ल्याएका छ्न भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्द्ब रेग्मीले १२ हजार २सय ६० मत ल्याएका छ्न । तिमल्सिनाले अहिले २५ सय ७ मतका साथ अग्रस्थानमा छ्न ।
त्यस्तै क्षेत्र नम्बर ४ प्रदेश सभा “क” मा माओवादी केन्द्र विजय नजिक पुगेको छ । माओवादीका उम्मेदवार युवराज भट्टराई ९ हजार ८ सय २० मतका साथ अग्र स्थानमा छ्न । त्यस्तै एमालेका अखिलेश्वर चौधरी ७ हजार १ सय ४३ मतका साथ दोस्रो र नेकपा एसका बालकृष्ण श्रेष्ठ ६ हजार ४ सय ९ मतका साथ तेस्रो स्थानमा छ्न । काङ्रेस र माओवादी केन्द्रले यो क्षेत्रमा गठबन्धन छ ।