१ दर्जन एमाले कार्यकर्ता काङ्रेस प्रबेश,उम्मेद्वार तिमल्सिना भन्छन-एमाले लोकतन्त्र बिरोधी

501

चन्द्रपुर ।रौतहटको चन्द्रपुर ७ स्थित बनबहुअरीमा १ दर्जन नेकपा एमालेका कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । एमालेका नगर सदस्य रहेका स्थानीय नेता तथा समाजसेवी रामऔतार चौधरी सहित १२ जनाले काङ्ग्रेस प्रबेश गरेका हुन । उनिहरुलाई निवर्तमान सासद तथा नेपाली काङ्रेसका रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाले पार्टीमा स्वागत गर्दै लोकतन्त्र रक्षाका लागि सबै नेता तथा कार्यकर्ता अग्रसर हुनुपर्ने धारणा ब्यक्त गरे । एमालेले २ पटक संसद विघटन गरेर लोकतन्त्र मास्ने खेल गरेको भन्दै तिमल्सिनाले एमालेले मत माग्ने आधार नरहेको जिकिर गर्नु भयो ।
देवानन्द चौधरी,गोबिन्द चौधरी,मनिश फनैत,दिपेन्द्र दास थारु,मुस्कान चौधरी,पर्शुराम चौधरी,रामसहाय चौधरी,लक्ष्मण माझी,रामेस्वर माझी,प्रकाश चौधरी र अनिल चौधरीले एमाले त्यागेर काङ्ग्रेस प्रबेश गरेका हुन ।