कार्तिक ,४ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बेतौनामा नक-आउट टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । तिहार तथा छठ पर्वको अवसर पारेर बसन्तपुर युवा क्लब चन्द्रपुरले टुर्नामेन्टको आयोजना गरेको हो । शुक्रवारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । कार्यक्रमको उदघाटन गर्दै चन्द्रपुर नगर कार्यपालिका सदस्य हिमाकला रानाले खेलले मनोरञ्जनको साथै शारीरिक, मानसिक र समाजिक सदभावको लागि मद्धत गर्ने बताउनुभयो ।शुक्रबारदेखी सुरु भएको टुर्नामेन्टमा पहिलो खेल सखुवा धमौराले २ विकेटले जितेको आयोजक समिती का शंकर गौतमले जानकारी गराए ।
खेलको विजेता तथा उप–विजेताले क्रमशः २५ हजार र १५ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्ने क्लब्का अध्यक्ष शंकर गौतमले जानकारी दिए ।