https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर । रौतहटको वृन्दावन नगरपालिकामा सयौं जना नेपाली काङ्ग्रेस प्रबेश गरेका छन । नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नम्बर ४ बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उमेदवार देब प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बृन्दाबन नगरपालिका वडा नम्बर ७ धमौरामा पुर्व गाबिस अध्यक्ष, २०७४ को स्थानीय निर्वाचनमा लोसपाका मेयर प्रत्यासी बैजनाथ प्रसाद पाल र वडा अध्यक्ष प्रत्यासी सुनिल पाल लगायत सयौंको सङ्ख्यामा नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन ।
उनिहरुलाई नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उमेदवार देब प्रसाद तिमल्सिना र क्षेत्रीय सभापति रामस्नेही राय यादबले पार्टीमा भित्र्याएका हुन ।