२३ लाखमा २३ बिरुवा,वन कार्यालयको अनियमितता

189

चन्द्रपुर /रौतहटको डिभिजन वन कार्यालयको बृक्षारोपणमा व्यापक घोटाला भएको छ । आर्थिक बर्ष २०७७, ७८ को बृक्षारोपण कार्यक्रम अन्तर्गत स्वीकृत २३ लाख रकममा २३ वटा बिरुवा रोपेर रकम स्वाह पार्ने काम भएको छ ।
व्न अधिकृत रामकेवल राय यादवले वनमै उत्पादन गरिएका विरुवा लगेर बृक्षारोपण गरेपनि सो क्षेत्रमा भmार मात्रै देखिन्छ । तारबार र बृक्षारोपणका नाममा २३ लाख रकम खर्चेर आर्थिक अनियमितता गर्ने यादवलाई कारवाही गर्ने कि नगर्ने भन्ने जनसरोकारले डिभिजन अधिकृत सुनिल कुमार कर्णलाई प्रश्न गर्दा आवश्यक छानविन गर्ने प्रतिबद्दता जाहेर गर्न‘भयो । कहिले पोखरी खन्ने नाममा त,कहिले बृक्षारोपणको नाममा वन कार्यालयमा अनियमितता हुदै आएको छ ।