चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रौतहटले मंगलवार रौतहट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई(समिर)को प्रमुख आतिथ्यतामा बसेको पार्टीको क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीको बैठकले क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज युवराज भट्टराई समिरको एकल नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ देवकी नेपाल, गणेश बस्नेत, सुनिल खरेल र अमित कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. ४ क अन्तर्गत प्रदेश सभा सदस्यका लागि पार्टीका मधेश प्रदेश सदस्य तथा रौतहट जिल्ला संयोजक देवेन्द्र पटेल, प्रदेश सभा सदस्य वीर बहादुर गोले र एकराज थापालाई सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ कमल पहरी, धरीचन राम, पदम कुमारी राना, राम बहादुर घलान र टेकनाथ खरेलको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ४ ख अन्तर्गत प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ नागेन्द्र यादव, इदमहमद मन्सरी र जितेन्द्र श्रीवास्तवको नाम सिफारिस गरिएको छ । सभानुपातिक तर्फ सकिलिया खातुन र सोमरिया देवीको नाम सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज युवराज भट्टराई समिरले जानकारी दिनुभयो ।
रौतहट क्षेत्र नं. ४ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा युवराज भट्टराई समिरको एकल नाम सिफारिस
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg