रौतहट क्षेत्र नम्बर ४ मा तिमल्सिना निर्विकल्प

870

रौतहट । नेपालली कांग्रेस रौतहट क्षेत्रनं ४ को क्षेत्रिय समितिको बैठक सम्पन्न भएको छ । हिजो (मंगलबार) बसेको समितिको बैठकले रौतहट क्षेत्र नम्बर ४ बाट संघीय संसदमा देवप्रसाद तिमल्सिनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रिय सभापति रामस्नेही यादवको अध्यक्षतामा बसेको बैठकले संघीय संसदका लागि एक नम्बरमा देवप्रसाद तिमल्सिना, दोस्रो नम्बरमा शेख अमरुल र सन्ध्यादेवीको नाम सिफरिस गरेर पठाउने निर्णय भएको क्षेत्रिय सचिव बच्चुसाह कानुले जानकारी दिए ।

पहिलो नम्बरमा तिमल्सिनाको नाम सिफारिस भएसँगै बजारमा फैलिएका भ्रम हटेको महासमिति सदस्य देवराज कार्कीले बताए । बिगत केही दिनदेखि सामाजिक सञ्जालमा आफुखुसी उम्मेदवारी दिनेको ओइरो लागेको थियो ।

जथाभावी उम्मेदवारी घोषणा गर्नेहरुको मुखमा एतिबेला समितिले नेता तिमल्सिनाको नाम सिफारिस गरेसँगै ताला लागेको कार्कीले बताए । कांग्रेसले लोकप्रियता अनि २०७४ को चुनावको मतान्तरलाई टिकट दिने मुख्य आधार बनाएको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट तिमल्सिनाले नेकपा एमालेका डा. वंशीधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले पराजित गरेका थिए ।

२०७४ को मतभार र कांग्रेसले निर्धारण गरेको प्रतिनिधिसभा २०७९ को निर्वाचनमा तिमल्सिनाको उम्मेदवारी निर्विकल्प रहेको क्षेत्र नम्बर ४ का सभापति रामस्नेही राय यादबको दाबी छ ।

यसभन्दा पहिला संघीय संसदमा चुनाव लड्ने बताउँदै आएका रविनचन्द्र कोईरालाको नाम नै सिफारिस हुन सकेन ।