हराएको मोटरसाईकल फेला पारेर धनीलाई हस्तान्तरण

2178
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । हराएको मोटरसाईकल फेला पारेर प्रहरीले सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । भारत सितामंढी ग्रा.म.बैरगीनिया वडा नं.११ निवासी मनोज कुमार साहको नाममा रेहेको भारतीय बिआर ३० एए ९१९६ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल साउन १७ गते हराएको थियो । मोटरसाईहल हराएको निवेदनपछि खोजतलास गर्दै जाँदा भदौ ५ गते चन्द्रपुर नगरपालिका ९ डुमरिया बजारमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले चेकिङ् गर्ने क्रममा शंकास्पद देखेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट चोरीको रहेको पुस्टि भएपछि संम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,रौतहटकी प्रमुख प्रहरी निरिक्षक बिमला कुमारी कठायतले जानकारी दिईन । भर्खरै रौतहट ट्राफिक प्रमुख भएर आएकी कठायतले ट्राफिक नियाम पालना गर्न सबैमा आग्रह समेत गरेकी छिन ।