निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा यादव र सचिवमा कार्की निर्वाचित

157

चन्द्रपुर। निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।
उनि राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा भएको निर्वाचनमा १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।