निर्वाचन हुने अघिल्लो दिन १८ वर्ष उमेर पुग्ने व्यक्तिले मत खसाल्न पाउने

249
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

काठमाडौं– निर्वाचन आयोगले मतदाताको मतदानमा सहभागी हुन पाउने उमेरहदबारे स्पष्ट पारेको छ । साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको हो ।

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ ।

यसैबीच निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको प्रर्यवेक्षण गर्न चाहने अन्तराष्ट्रिय संस्थाहरुलाई १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । निर्वाचन आयोगद्वारा जारी विज्ञप्तीमा आयोगले तयार पारेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ ।

निर्वाचन पर्यवेक्षणलाई प्रभावकारी बनाउन निर्वाचन पर्यवेक्षण निर्देशिका समेत स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।