४ बर्षपछी चन्द्रनिगाहपुर अस्पतालमा एक्स-रे मेसिन जडान

1451
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर । चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट  प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे मेसिनको अभाबमा उपचारका लागि आउने बिरामीहरु समस्यामा पर्दै आएका थिए भने निजी अस्पतालमा महँगो मुल्य तिर्दै आएका थिए । 
१५ शैयाको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस भनेर एक्स-रे मेसिन संचालनमा ल्याएको चन्द्रपुरका नगरप्रमुख संजय काफलेले बताए । यसअघि डिजिटल एक्सरे मेशिन नहुदा बिरामीले नीजि अस्पतालमा महगो शुल्क तिरेर सेबा लिनुपर्ने बाध्यता रहेको थियो । डिजिटल एक्सरे संचालनमा आएपछि अन्यन्त्र जानु पर्ने समस्याबाट छुटकारा सँगै सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा प्रदान हुने नगर कार्यपालिका सदस्य नेत्र कुश्वारले बताए । 
 एक्स रे मेसिन ल्याउन रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाको विशेष पहल र चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफले, कार्यपालिका सदस्य कल्याणराज कुश्वार, नेत्र कुश्वार, चन्द्रपुर नगरपालिका ८ का वडाध्यक्ष जीतेन्द्र चौधरी, ९ का नबराज देबकोटाको पहलमा एक्स रे मेसिन जडान गरि सन्चालनमा ल्याइएको हो ।