चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा निर्विरोध निर्वाचित

403

चन्द्रपुर। रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटा (सुरेन्द्र) निर्बिरोध निर्वाचित भएका छन । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
१ अध्यक्ष सहित १२ जना सदस्य मध्यबाट पदाधीकारी चुनिने र ४ जना मनोनित सहित १७ जनाको टिमले संघ चलाउने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य सचिब सुमन गौतमले बताए ।


संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचनका लागी साउन २८ गते शनिबारका लागी समय तोकिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्ग बहादुर तामाङले जानकारी दिए ।
लामो समयदेखी संघको निर्वाचन हुन सकेको थिएन । संघमा चन्द्रपुर नगर क्षेत्रमा व्यवसाय गर्ने २ हजार सदस्य रहेपनि ५ सय ९२ जनाले मात्र नविकरण गरेका छन् ।