ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरद्धारा गत आ.व.को कामकाजको विवरण सार्वजनिक

132

चन्द्रपुर /ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले गत आर्थिक २०७८÷०७९ मा गरेका कामकाजको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले बंशजको आधारमा ९ हजार ३८ जनालाई नगरिकता प्रदान गरेको छ भने वैवाहिक अङ्गीकृतको आधारमा एक सय २ जनालाई नागरिकता दिएको सार्वजनिक प्रगती विवरणमा उल्लेख छ ।
यस्तै नागरिकताको प्रतिलिपि ५ हजार ७ सय ३५ जनालाई वितरण गरेको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले गएको आर्थिक बर्षमा पाँच हजार सात सय ३५ वटा राहदानीको शिफारिस गरेको छ ।
कार्यालयले २० वटा संघ संस्था नविकरण गरेको छ भने ६ वटा हात हतियार नविकरण गरेको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले नागरिकताको प्रमाणपत्र वितरण ,राहदानी सिफरिस ,संघ संस्था दर्ता ,नविकरण, गुनासो ठाडो उजुरी ,हतियार नविकरण ,लगाएतका काम हँुदै आएको छ ।