स्वर्गीय लामिछानेको नाममा अक्षय कोष स्थापना

543

 चन्द्रपुर/ जन जागृति मा.वि सिन्दुरेघारी राैतहटकाे प्रथम सत्र(व्याच)-२०२८ सालकाे प्रथम छात्रा स्वर्गीय जानुका लामिछानेकाे नाममा अक्षयकोष स्थापना भएको छ ।

बिहिबार स्वर्गीय लामिछानेका श्रीमान नवराज लामिछाने,छाेराहरु निरन्जन लामिछाने,रन्जन लामिछाने र छाेरी सन्ध्या लामिछाने(मुना) ले २ लाख ,२२ हजार ,२सय २२ रुपैयाको अक्षय काेेष स्थापना गर्नु भएको हो ।

स्वर्गीय लामिछानेकाे जन्मजयन्तीको अवसरमा हरेक बर्ष साे विद्यालयका छात्रा तर्फ सर्वाेत्कृष्ट अंक ल्याउने तीन जनालाई छात्रवृत्ति दिने निर्णय अनुसार आजै ३ जना छात्रालाई पुरस्कृत समेत गरिएको छ ।

पुरस्कृत छात्राहरुलाई प्रमुख अतिथि संघिय सांसद माननीय देव प्रसाद तिमलसिना, चन्द्रपु नगर प्रमुख संजय काफले,उप प्रमुख जयमाला कुमारी चाैधरीले नगद तथा शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।