फेसबुकबाट प्रेम, होटलमा बोलाएर लुटपाट

197

चन्द्रपुर/ सामाजीक सञ्जाल फेसबुकमा चिनजान गर्नु,गफ हुनु नौलो कुरा होईन । तर,त्यही सामाजीक सञ्जाल कहिलेका“ही अपराधीको अपराध गर्ने माध्यम बन्ने गरेको छ । रौतहटमा पनि सामाजीक सञ्जाल फेसबुकका कारण लुटपाटको घट्ना भएको छ । फेसबुकबाट माया जालमा पारेर महिलाको गरगहना लुटिएको छ ।


फेसबुकबाट माया जालमा पारेर महिलाको चल अचल सम्पति लुटने एक युवकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेपछि यो घट्ना बाहिर आएको हो । बाराको प्रसौनी गा“उपालिका वडानम्बर ४ खुटुवा प्रसौनी निवासी ३६ वर्षीय महमद रफिक रायभटलाई लुटपाटको आरोपमा प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।
महोत्तरीकी एक विवाहित महिलालाई उनले एक साता अघि मात्रै फेसबुकबाट चिनजान गरेकै भरमा चन्द्रपुर–४ स्थित पराठा एण्ड गेष्ट हाउसको एक कोठामा पु¥याई पेय पदार्थमा लठिने नसालु पदार्थ खुवाई महिलाले लगाएका सुनका गरगहनाहरु सहित नगद लुटेर फरार रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रायभटलाई पक्राउ गरेको हो ।


पक्राउ परेका रफिक रायभटले महिलाको कानको चार आनाको सुनको रिङ २ थान कानमा लगाएको तीन आनाको सुनको मुन्द्रा ५ थान, सुनको तिलहरी ४ आनाको १ थान, मंलगसुत्र १ तोलाको १ थान गरी २ लाख ८० हजार र उनको पर्समा रहेको दश हजार गरी दुई लाख नब्बे हजार लुटेको जनाइएको छ ।
माया जालमा पारेका रायभटले ती महिलालाई आफनो नाम र घरको ठेगाना समेत ढाटेकोे खुलेको छ । होटलको कोठा समेत ती महिलाको नाममा बुक गर्न लगाएर उनले चार घण्टाको अबधिमा महिलाको साथमा रहेको चल सम्पति लुटन सफल भएका थिए ।


ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैयसवारले पक्राउ परेकाको थप अनुसन्धान भईरहेको बताए ।महिलालाई फेसबुकको माध्यमबाट मायाजालमा पारेपछि रायभटले घुम्न जाने बहानामा महिलालाई होटलको कोठामा पु¥याएर लुटने कार्य यसअघि देखि गर्दै आएको पाइएको प्रहरी नायब उपरिक्षक जैसवारले जानकारी दिए । रायभटले यसअघि झापा जिल्लाको महिलालाई समेत यसैगरी ठगेको प्रहरीको तथ्याकंमा रहेको उनले बताए । सामाजी सञ्जालबाट पछिल्लो समय आपराधिक क्रियाकलाप गर्ने कार्य बढ्दै गएकाले आफ्ना सन्तान र आफन्तलाई सजग भएर त्यसको प्रयोग गर्न जैयसवारले आग्रह गरेका छन् ।