घुमुवा प्रहरी हुँ भन्दै धम्क्याउने पक्राउ

191

चंद्रपुर / रौतहटको चन्द्रपुर नगरपालिकामा नक्कली घुमुवा बनेर दुख दिने ब्यक्ती पक्राउ परेका छन्। पुर्व – पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ४ स्थित रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर – चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने बिभिन्न यात्रुबाहक बस रोक्ने,होटलहरुमा खाएर थर्काउने र घुमुवा प्रहरी भएको दाबि गर्दै डर धम्की देखाउदै पैसा असुल्ने ब्यक्तीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु कुमार जैस्वारले जानकारी दिए।

पक्राउ पर्नेमा चंद्रपुर नगरपालिका वडा नम्बर ९ सिन्धुरेघारी टोल बस्ने लिला बहादुर बस्नेतका छोरा ३२ बर्षका सुमन बस्नेतलाई पक्राऊ गरिएको डिएसपी जैसवार ले जानकारी दिए ।

पक्राउ परेका बस्नेतलाई अभद्र ब्यबहार शिर्षकमा ६ दिनको म्याद थक गरेर थप कानुनी कारवाही अगाडी बढाइएको प्रमुख जैसवारले जानकारी दिए ।