घट्यो पेट्रोलियम पदार्थको मूल्य

216

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ

काठमान्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सरकारले यसअघी लिदै आएको कर कटौती गर्दै मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी दिए ।

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियमको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

पछिल्लो मूल्यसूची अनुसार हाल पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमश: प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ तोकिएको थियो ।