सर्लाहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

198

सर्लाही/ सर्लाहीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरी घाटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बासबारी नजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।