पुर्वसंचारकर्मी रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा,चुनाब चिन्ह ‘घण्टी’

451

काठमान्डौ। सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा एक समारोहकाबीच नयँँ पार्टीको घोषणा गरिएको हो । घोषणा समारोहमा उहाँले आफ्नो पार्टीका संरचनाबारे पनि जानकारी गराउनुभएको छ । उहाँले नवगठित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराउनुभएको हो ।

लामिछानेले आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गर्नुभएको छ ।

उहाँले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गर्नुभयो । बदलामा स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने योजना रहेको उहाँले बताउनुभयो ।

लामिछानेको नयाँ पार्टीको सात व्यवस्था यस प्रकार छन् :

  • १ प्राइमेरी निर्वाचन हुने
  • २ युवालाई ५० प्रतिशत एकको व्यवस्था
  • ३ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
  • ४ राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
  • ५ डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
  • ६ परिवारवादलाई पूर्ण रूपमा निषेध
  • ७ भ्रातृसंगठन र कार्यकर्तारहित