अपांगताको सवालमा नगरपालिका जिम्मेवार हुनुपर्ने भन्दै ज्ञापनपत्र

107

चन्द्रपुर । अपांगता रहेका व्यक्तिहरूको लागि रौतहटमा क्रियाशील रह“दै आएका संस्थाहरुले चन्द्रपुर नगरपालिकामा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
नगरपालिका परिसरमा दर्जनौंको संख्यामा उपस्थित फरक क्षमता भएका व्यक्तिहरू सहित संस्थाका प्रतिनिधिहरूले नगरप्रमुख सञ्जय काफ्ले र उप प्रमुख जयमाला कुमारी चौधरीलाई अपांगताको सवालमा नगरपालिकाबाट आगामी नीति तथा कार्यक्रममा आफूहरुको विभिन्न समस्या र सुझावहरुलाई समावेश गराउन आग्रह गरेका छन् ।


रौतहट नेत्रविहिन संघ चन्द्रपुर, बहिरा विकास केन्द्र– नेपाल चन्द्रपुर र अपांग समन्वय संस्था रौतहटले संयुक्त रूपमा २५ बु“दे ज्ञापनपत्र नगर प्रमुख , उपप्रमुख समक्ष पेश गरेका हुन् ।
उनीहरूले देशको संरचनामा परिवर्तन आएसंगै स्थानीय सरकारले नेपालको संविधान ,नेपाल सरकारले अनुमोदन गरेका अपांगता भएका नागरिकहरुको अधिकार सम्बन्धी महासन्धि साथै अपांगता भएका ब्यक्तिहरुको विभिन्न अत्यावस्यक सवालहरुलाई स्थानीय स्तरमा निर्माण हुन लागेको कानुन, नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न चन्द्रपुर नगरपलिका समक्ष आग्रह गरेका छन् ।