काग्रेंसको आडमा ठग्दै हिड्ने गुप्ता प्रहरी हिरासतमा

592

चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ ।
नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश प्रदेश सभापति कृष्ण यादवका निकटत्म नितेश कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेर ठगि मुद्धा दर्ता गरेको हो । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका ३१ बर्षिय गुप्ता नेपाली काग्रेंस कृष्ण यादवको नाम भजाएर ठग्दै हिडेका कारण पक्राउ परेका हुन् ।
काठमाडौँ जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखाले पक्राउ पुर्जी जारी गरी गुप्तालाई बुधबार काठमाडौँ महानगरपालिका वडा नं ९ सिनामंगलबाट पक्राउ परेका हुन् । रौतहटका युवा व्यवसायी राजिनन्द साहले ठगी आरोपमा जाहेरी दिएपछि गुप्तालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।


पक्राउ परेका गुप्तालाई बिहीवार ईलाका प्रहरी कार्यालय गरुडामा ठगी मुद्धामा म्याद थप गरीएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
बिगत लामो समय देखि नेपाली काग्रेंसको नामनै बदनाम हुनेगरी बिभिन्न चन्दा,अशुली र नेताको आडमा अबैध अशुली धन्दा गरिरहेका गुप्ता बल्ल प्रहरीको फन्दामा परेका हुन् । जिल्लाका नेपाली काग्रेंस निर्वाचित पालिकाहरुमा उनले भनेको काम नहुदा अनावश्यक दुख दिने गरेको व्यापक गुनासो रहेको छ ।
ठगी मुद्धामा काठमाण्डौबाट पक्राउ परेका गुप्ता प्रहरी हिरासत भित्रै नेपाली काग्रेंको आडमा मोवाईल फोन समेत दुरुपयोग गर्न सक्ने उनले लेखेको सामाजिक संजाल फेसबुकको स्टाटसले पुष्टी गर्दछ ।