वडा अध्यक्ष चौधरी विद्यालय अनुगमन गर्दै , विद्यालय नआउने शिक्षकलाई कार्वाही गर्ने चेतावनी

292

चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
उनले आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गर्ने क्रममा शिक्षक/शिक्षिका अनुपस्थित भएको पाएपछि यस्तो चेतावनी दिएका हुन ।


बसन्त आधरभुत विद्यालय बसन्तपुरमा दुई जना थाइ शिक्षक नियमित रुपमा विद्यालय नआउने गरेको पाईएपछि वडा अध्यक्ष चौधरीले उनीहरु नियमित रुपमा विद्यालय नआए नियम अनुसार कार्वाही हुने चेतावनी दिए । सो विद्यालयमा बहु कक्षा संचालनमा रहेको र अवका दिन त्यसरी बहुकक्षा संचलान नगर्न समेत प्रधानाध्यापक राजेन्द्र चौधरीलाई निर्देशन दिए ।


वडा अध्यक्ष चौधरीले सो विद्यालयको बाहिर बर्षाको पानी जमेका कारण बालबालिकालाई समस्या भएको पाईएपछि वडा अध्यक्ष चौधरीले तत्काल सो स्थानमा माटो हाल्न निर्दैशन दिएको प्रधानाध्यापक राजेन्द्र चौधरीले बताए ।
वडा अध्यक्ष चौधरीले सोमबार दलित प्रावी बेतौना ,बालकल्याण आधारभुत विद्यालय सन्तपुरमा गएर विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका थिए ।