मधेशलाई डेढ साता भित्र ५ देखि ७ हजार मेट्रिक टन मल

73

वीरगञ्ज/ सरकारले मल आपुर्तीमा चासो देखाएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारलाई मल यथासिघ्र खरिगर्न निर्देशन समेत दिएपछि मल ल्याउने प्रक्रियामा सरकार गम्भिर भएको देखिएको छ । साल्ट ट्रेडिङको मधेस प्रदेश कार्यालय वीरगन्जले डेढ सातासम्म युरिया मल भित्रिने जनाएको छ ।
आपूर्तिकर्ता स्विस सिंगापुर कम्पनीले युरिया मल कोलकाता बन्दरगाहसम्म ल्याइसकेको कार्यालयले जनाएको छ ।
त्यहा“ प्याकिङलगायतका अन्य काम सकाएर नेपाल भित्र्याउन करिब डेढ साता लाग्ने कार्यालयका प्रमुख अमोज लामिछानेले जानकारी दिए ।
ग्लोबल टेन्डरबाट खरिद गर्न लागेको २२ हजार मेट्रिक टन युरिया मल ल्याउन लागिएको लामिछानेले बताए ।
त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले ५ देखि ७ हजार मेट्रिक टनसम्म पाउने लामिछानेले बताए ।
कार्यालयबाट मधेस, वाग्मती र लुम्बिनी प्रदेशमा मल वितरण हुन्छ । बा“की मल विराटनगर र भैरहवा कार्यालयले पाउनेछन । कम्पनीले नै ल्याएको डीएपी मल भने वीरगन्ज आउने क्रम सुरु भइसकेको लामिछानेले बताए । जेठ २० देखि रक्सौल रेल्वे स्टेसन हु“दै डीएपी मल कर्पोरेसनको वीरगन्ज गोदामसम्म आउन थालिसकेको छ ।