गौरमा ४ महिनामै बिग्रीयो ४४ लाखको बत्ती

349
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर । गौर नगरपालिकाको कार्यालयले ४ महिना अगाडि टेन्डर प्रक्रिया बाट नगर क्षेत्रमा जडान गराएको सडक बत्ति गुणस्तर मापदण्ड विपरीत रहेको नगर प्रमुख शम्भु साहले बताएका छन । गौर नगर क्षेत्रको विभिन्न वडामा जडान भएको सो बत्तिहरुमा समस्या भएको बारे आ-आफ्नो सम्बन्धित वडा कार्यालय वा गौर नगरपालिका कार्यालयलाई जानकारी गराउन नगर प्रमुख शम्भु साहले स्थानीयलाई आग्रह गरेका छन ।

गौर नगरपालिकाको समग्र विकास र विकास निर्माणको कार्यमा निगरानी गर्नु आफू सहित सम्पुर्ण नगरबासीको दायित्व रहेकोले गौर नगर क्षेत्रमा जडान भएको बत्तिको अवस्था सुधारका लागि स्थानीयको सहयोग आवस्यक रहेकोले खराब रहेको बत्ति बारे जानकारी गराउन नगरप्रमुख साहले स्थानीय संग आग्रह गरेका छन । पृथ्वी इन्टरप्राइजेज गौर नामक फर्म द्वारा करिब ४४ लाख रुपैयाँ साकार गरि जडान गरिएको सो बत्ति मध्ये अधिकान्स बत्तिहरु नबल्ने देखि लिएर अन्य अन्य प्राविधिक समस्या रहेको नगर प्रमुख साहले बताए ।

मंगलवार बेलुका नगर क्षेत्रमा जडान भएको सो बत्तिहरुको नगरप्रमुख साह द्वारा अनुगमन गरिएको छ । अनुगमन गर्ने क्रममा सो काम संतोषजनक नदेखिएको तथा सम्झौतामा उल्लेख गरिए अनुसारको ISI प्रमाणित बत्तिहरु नरहेको नगर प्रमुख साहले बताए ।

सम्झौतामा उल्लेख गरिए अनुसार सडक बत्ति जडान नभएको र अधिकान्स स्थानमा बत्ति नबल्ने समस्या रहेको बारे काम सो गर्ने कम्पनीलाई गुणस्तर सुधार र मर्मतको लागि पत्राचार गरिए पनि कम्पनीले पुरानै शैलीमा झारो टार्ने काम गरि सबै बत्ति चुस्तदुरुस्त पारेको जानकारी गराए पश्चात् नगरप्रमुख साह द्वारा अनुगमन गर्दा बत्ति हरुमा हाल पनि समस्या जस्ताको त्यस्तै रहेको भेटिएको छ ।

बत्ति जडानको जिम्मेवारी पाएको कम्पनी संग भएको सम्झौता अनुसार २ वर्ष सम्म सो कार्यको सम्पुर्ण मर्मत सम्भारको जिम्मेवारी कम्पनी कै रहेकोले सो कम्पनीको धरौटी बापत रहेको करिब ६ लाख रुपैयाँ जफत गरि बाकी असुल उपरको कानुनी प्रक्रिया अगाडि बढाइने गौर नगरपालिकाले जानकारी दिएको छ ।