गुजरा ३ मा चौधरी बिजयी

474

गुजरा । रौतहटको गुजरा नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार गजेन्द्र चौधरी विजयी भएका छन । उनले ५ सय ३० मत ल्याएर विजय हासिल गरेका हुन । उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार इश्वर प्रधानले ५ सय २२ मत ल्याए । चौधरी २०७४ को चुनावमा पनि सोहि वडाबाट निर्वाचित वडाअध्यक्ष हुन ।