गौर नपामा समाजवादीका साहको शानदार जीत

269

गौर । नेकपा एकीकृत समाजवादीका उम्मेदवार शम्भू साहले रौतहटको गौर नगरपालिकामा विजय हासिल गरेका छन् । पूर्व मेयर तथा लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह नगर प्रमुखमा जित हासिल गरेका छन् । मेयर पदमा निर्वाचित भएका साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन ।

त्यसैगरी, उपमेयरको पदमा पनि समाजवादीकै उम्मेदवार शैल देवि विजयी भएकी छिन् । उपमेयरको पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी डा शाहजाहा खातुन ३ हजार ६८५ मत पाएर पराजित भएकी छिन् भने शैल देवी ४ हजार ८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।