चन्द्रपुरमा काङ्ग्रेसले लियो अग्रता,वडा नम्बर १ मा प्यानलनै बिजयी

182

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । चन्द्रपुर १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका बलराम राउत सहित प्यानलनै बिजयी भएको छ । उनले २०१० मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतद्धन्दी एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरे । कांग्रेसका मेयर पदका उम्मेदवार सञ्जय काफ्ले १६ सय ७० ,उपमेयर जयमाला चौधरीले १७१३ ल्याए भने एकीकृत सामाजवादीका बाबुराम दाहाल मेयर ११८२ उपमेयर रामरती चौधरीले ११४५ मत ल्याएकी छिन ।
एमालेका शिव आचार्यले मेयरमा २९६, उपमेयर मुना सुबेदी लामिछाने मगरले ३२४ मत ल्याइन।
माओबादि केन्द्र हरि पौडेलले ६१२ र उपमेयर देबकि नेपालले ६ सय २७ मत ल्याइन । अझै ९ वटा वडाको मतगणना हुन बाकी रहेको छ भने मेयर सहित धेरै वडामा काङ्रेसका उम्मेदवार बिजयी हुने नगर सभापती मुकेश गिरीले दाबि गरेका छ्न ।