चन्द्रनिगापुर–नेपाल एसबिआई बैंक चन्द्रपुर शाखाले बिभिन्न जिन्सी सामाग्रीहरु हस्तान्त्रण गरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर स्थित ओम स्कुललाई नेपाल एसबिआई बैंक चन्द्रपुर शाखाले बिभिन्न सामाग्रीहरु हस्तान्त्रण गरेको हो । नेपाल एसबिआई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तथा सो स्कुलको नर्स पुजा झाको सहकार्यमा बिभिन्न जिन्सी सामाग्रीहरु हस्तान्त्रण गरेको नेपाल एसबिआई बैंक चन्द्रपुरका शाखा प्रबन्धक टिकाराम पटेलले जानकारी दिएका छन् ।
उनले सो स्कुलमा स्रोत र साधनहरुको अति अभाव देखिएकोले बिद्यार्थीहरुको सहजताको लागी बैंकले स्कुलका नर्स पुजा झा संगको सहकार्यमा १० थान सिलिङ पंखा, एक थान स्टेन पंखा र पानी प्रशोधन यन्त्र ( आरो मेसिन ) कलेजका प्रिन्सीपल गोबिन्द प्रसाद उपाध्यायलाई हस्तान्त्रण गरेको बताएका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेस दाहाल,सन्तपुर चौकीका प्रमुख,ई.धिरेन्द्र झा लगायत बिभिन्न शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सो स्कुलका प्रिन्सीपल उपाध्यायले सहयोगी हातहरुलाई बिशेष धन्यबाद व्यक्त गरेका छन् ।
नेपाल एसबिआइ बैंकद्धारा स्कुललाई सहयोग
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg