नेपाली कांग्रेस चन्द्रपुर मेयरको दौडमा काफ्ले,गिरी र थापा

921

चन्द्रनिगाहपुर– वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुने गरेका छ । नेपाली कांग्रेस चन्द्रपुर नगरपालिकाको मेयरको दौडमा काफ्ले,गिरी र थापा पनि छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष संजय काफ्ले पनि मेयरको आकांक्षीका रुपमा अगाडी बढ्ेका छन् । विद्यार्थी राजनितिबाट कांग्रेसमा उदाएका काफ्ले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ को वडा अध्यक्ष हुनु पहिलानै युवाहरु माझ लोकप्रिय रहंदै आएका थिए । पछिल्लो समय वडा नम्बर ५ को विकास र काफ्ले गरेको कामको मुल्याङकन गर्दै पार्टीले उनलाई मेयरको टिकट दिनुपर्ने युवाहरुको माग रहेको छ ।
काफ्लेले ०७३ सालको निर्बाचनामा कठिन अवस्थामा समेत चन्द्रपुर ५ मा सहजै जित हाँसिल गरेको जानकारी दिएका छन् । मलाई पार्टीले मेयरको टिकट दिएमा म जितेर देखाउछु भन्ने काफ्लेको भनाई रहेको छ । युवाहरुलाई स्वरोजगार मुलक काम र नगरको बैज्ञानिक विकासको खाका आफुसंग रहेको बताउदै वडा अध्यक्ष समेत रहेका काफ्ले कामको मुल्याङकन गरेर पार्टीले आफुलाई टिकट दिनुपर्ने बताएका छन् ।
त्यस्तै चन्द्रपुर नगरपालिकाबाट नगर प्रमुखको पदमा नेपाली कांग्रेसका युवा नेता मुकेश गिरीको पनि दावी गरेको छ । सानै देखी नेपाली कांग्रेसको राजनितिमा होमिएका गिरीले यसपालि नगर प्रमुखको टिकट पार्टीले आफुलाईनै दिने दावी गरेका छन् । उनले आफु पार्टी र पार्टीको गरिमालाई उठाउन निरन्तर लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफुलाई टिकट दिएर नगर प्रमुखको रुपमा जनसेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए ।
उनले आफु जहिले पनि जनताको दुःख,सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले जनताले पनि आफुलाई एकपटक चन्द्रपुरको नगरप्रमुखको रुपमा हेर्न चाहेको भन्दै चन्द्रपुर नगरपालिकाको आर्थिक,सामाजिक विकासको लागि आफुसंग स्पष्ट खाका रहेको बताए । पार्टीले अवसर दिए नगर प्रमुख पदमा जितेर देखाइदिन्छु र चन्द्रपुरवासीलाई देखिने विकासको अनुभूति गराउने छु । सबैलाई समेट्न सक्ने क्षमता,नेपाली कांग्रेसका कार्यकर्ता र आम नागरिकमा लोकप्रियतानै आफ्नो जितको पहिलो आधार भएको उनको भनाइ छ । नेपाली कांग्रेसभित्र एक कुशल संगठकको रुपमा चिनिएका गिरीले पार्टीका विभिन्न पदहरुमा रहेर काम गरिसकेका छन् । नेपाली कांग्रेसको राजनितिमा सक्रिय गिरी सामाजिक सेवापनि उत्तिकै सक्रिय छन् ।
उनी जिल्लाकै चिरपरिचित स्वरस्वती यूवा क्लवको सदस्य ,गोर्खा युवा क्लवको बर्तमान अध्यक्ष ,जिल्ला खेलकुद विकास समिति रौतहटको पुर्व उपाध्यक्ष ,जनज्योती माध्यमिक विद्यालयको पुर्व अध्यक्ष तरुण दलको जिल्ला सदस्य ,नेपाली कांग्रेस चन्द्रपुर ५ को सभापति र हाल नेपाली कांग्रेस चन्द्रपुरको सभापति रहेका गिरी स्पष्ट बक्ताका रुपमा चिनिने गरेका छन् ।
त्यस्तै चन्द्रपुर नगरको मेयरमा नेपाली काग्रेंसका लोकप्रिय युवा नेता सूर्य बहादुर थापाले पनि दावी गरेका छन् ।
२०५० सालमा जन जाग्रती माबि सिन्दुरेघारीको इकाइ अध्यक्ष हुदै बिद्यार्थी राजनितिबाट उदाएका थापा अहिले नेपाली कांग्रेस मधेश प्रदेस सदस्य रहेका छन । तिन पटक महाधिवेशन प्रतिनिधी बनिसकेका थापा कांग्रेसभित्र कुशल संगठकका रूपका चिनिन्छन । विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । नगरभित्रका प्राय सबै सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका थापा मेयरका बलिया दाबेदार हुन । उनलाई नेपाली कांग्रेस मधेश प्रदेश अध्यक्ष कृष्ण यादब र जिल्ला अध्यक्ष जितेन्द्र यादव निकट नेताका रुपमा हेरिन्छ । प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसंग निकटता भएको कारण मेयर टिकट पनि थापाले नै ल्याउने उनका समर्थकहरुको आकलन रहेको छ ।