चन्द्रपुर ८ को वडाअध्यक्षमा गौतम र शिलवालको दाबी

602
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रनिगाहपुर–रौहतटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सुमन गौतम र शोभित शिलवालले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा गौतम र शिलवालको दौडधुप पनि बढदै जान थालेको छ । चन्द्रपुर वडा नम्बर ८ मा नेपाली कांग्रेस वडा समितिले २१ जना वडा अध्यक्षका आकांक्षीको नाम नगर समितिमा पठाएको छ । ती २१ जना मध्ये गौतम र शिलवालले आफुले टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् ।
केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुसंग राम्रो उठबस रहेका कारण चन्द्रपुर ८ को वडा अध्यक्षको टिकट गौतम र शिलवाल मध्ये कस्ले पाउने बिषयमा चिया चर्चा सुरु भएको छ । गौतमले २०६० साल देखि नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीति गर्दै २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पसको सदस्यको रुपमा निर्वाचित भएका थिए । उनि जनज्योति बहुमुखी क्याम्पसको ईकाइ सभापति भई कार्य गरेका थिए । विद्यार्थी राजनीतिम अत्यन्तै लोकप्रिय विद्यार्थी नेताको रुपमा जिल्लामानै परीचित भएका गौतमले आफुले टिकट पाउने दाबी गर्दे आएका छन् । उनी उद्योग वाणिज्य संघ चन्द्रपुरको सदस्यमा निर्वाचित हुदै सहसचिव समेत भएका थिए ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएर सफलता पुर्वक कार्यकाल पूरा गरेका थिए । जिल्लामा लोकप्रिय युवा नेताको रुपमा उदाउदो तारा रहेका गौतम १४ औं जिल्ला अधिवेशनमा जिल्ला सचीवको उम्मेदवार रहेर लोकप्रिय मत प्राप्त गरेका थिए । वडा नम्बर ८ का जनताले उनलाई सो वार्डको भाग्य र भविष्य बदल्न सक्ने युवाको रुपमा लिएका छ्न ।
यता शिलबालले सानै देखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेकोले पार्टीले आफुलाईनै टिकट दिनेमा विस्वस्त रहेको बताउदै आएका छन् ।
नेपाली कांग्रेसबाट चन्द्रपुर वडा नम्बर ८ का वडा अध्यक्षका बलिया आकांक्षी रहेका शिलवालले पछिल्लो समय स्थानीय जनतासंगको भेटघाट र छलफललाई तिव्रता दिएका छन् । पार्टीले टिकट दिएमा आफुले चन्द्रपुर ८ मा जित्ने सम्भावना धेरै रहेको बताउने शिलवाल यतीबेला आफ्नो वडाका बिभिन्न कार्यक्रममा व्यस्त रहेका छन् ।