नेकपा समाजवादीद्वारा फतुवाको नगर प्रमुखको उम्मेदवारमा रेग्मीको नाम सिफारिस

1095

बिजयपुर- एकीकृत समाजबादी पार्टीले फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा भुवन रेग्मीको एकल नाम सिफारिस गरेको छ ।
२०७३ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले रेग्मीलाई टिकट दिएको थिएन । २०७९ सालको निर्वाचनमा रेग्मीको एकल नाम सिफारिस भएको हो । सोमबार फतुवा बिजयपुरमा एकीकृत समाजबादी पार्टीको सम्पन्न भेलाले भुवन रेग्मीको एकल सिफारिस गरिएको एस पार्टीका फतुबा बिजयपुर नगर इन्चार्ज बुधु बैठाले जानकारी दिएका छन । भुवन रेग्मीको अध्यक्षतामा सम्मपन्न भएको भेलाले १५१ सदस्य प्रचार प्रसार कमिटी समेत गठन गरेको पर्टीका मधेस प्रदेश सदस्य शान्ती ढुंगानाले जन सरोकार दैनिकलाई जानकारी दिईन । प्रार्टी प्रती इमानदार रहेकोले रेग्मीको एकल नाम सिफारिस गरिएको प्रदेश सदस्य ढुंगानाले बताईन ।
समाजसेवी एव युवा नेता रेग्मी बिकास प्रेमी तथा पार्टीलाई चाहिने नेता भएको रुपमा परिचीत छन ।