गुजरामा नमुना युवा संसद,अभ्यास प्रशिक्षण कार्यक्रम सुरु

434
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गुजरा । गुजरा नगरपालिकामा नमुना युवा संसद,अभ्यास प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम ४ दिन सम्म चल्ने जनाइएको छ । गुजरा नगरपालिका,शिक्षा शाखाको आयोजना र युवा तथा खेलकुद मन्त्रालय रास्ट्रीय युवा परिषद सानोठिमि भक्तपुरको सहयोगमा कार्याक्रम आयोजना भएको थियो ।
कार्यक्रममा युवालाई नगर सभा सम्बन्धी जानकारी र युवाकाे भुमिका युवाकाे समस्याका बारेमा प्रशिक्षण दिईएको शिक्षा शाखा प्रमुख शिवमङल साहले जानकारी दिनुभयो ।
रास्ट्रीय युवा परिषदका प्रशिक्षक मिन प्रसाद उपाध्यायले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।