चन्द्रनिगाहपुर–स्थानिय तहको निर्वाचन नजिकिए संगै चन्द्रपुर नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा चर्चित युवा नेता नवराज देवकोटाले दाबी प्रस्तुत गरेका छन् । नेता देवकोटाले चन्द्रपुर वडा नंबर ९ बाट वडा अध्यक्षको रूपमा नेपाली कांग्रेस पार्टी समक्ष आफ्नो दाबी प्रस्तुत गरेका हुन । उनी नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन ।
नेपाल विद्यार्थी संघको सक्रिय विद्यार्थी राजनीतिबाट कांग्रेस पार्टीको राजनीतिमा होमिएका देवकोटा हालै सम्पन्न १४ औं महाधिवेशनको संघीय प्रतिनिधि हुंदै महासमिति सदस्य समेत हुन । नेता देवकोटाको राजनीतिक यात्रा २०५२ सालमा शंकरदेव क्याम्पसमा स्ववियु सदस्य भई २०५५ मा नेविसंघ इकाई उपसभापति समेत बनेका उनी रौतहट – काठमाडौं सम्पर्क समितिको पूर्व अध्यक्ष समेत हुन । रौतहट जिल्लामा आठ वर्ष सम्म नेविसंघ रौतहटको उपाध्यक्ष भएका देवकोटा सालिन नेताका रुपमा परिचित रहेकाछन् ।
कांग्रेस महामन्त्री गगन थापाको रौतहट क्षेत्रको विश्वास पात्र मानिएका देवकोटाले नै टिकट पाउने स्थानीय काग्रेस नेताहरुको भनाइ रहेको छ । नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा वडा सभापतिमा निर्वाचित भएका उनि नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत हुन ।
विभिन्न संघ संस्था संग आबद्ध रहेर सामाजिक कार्य गर्दै आएका उनी वडा नंबर ९ मा वडा अध्यक्षको बलियो दावेदार उम्मेदवारको रुपमा रहेका छन । नेता देवकोटालाई योगदानको कदर गर्दै पार्टीले वडा अध्यक्षको टिकट दिनुपर्ने उनका समर्थकहरुको भनाई रहेको छ । मिजासिला, बौद्धिक र क्षमतावान् नेता देवकोटा निष्ठावान राजनीतिज्ञमा गनिन्छन । आफुले पाएको जिम्मेवारी राम्रोसंग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने उनि कार्यकर्ता माझ लोकप्रिय छन । विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।
कांग्रेसबाट वडा नम्बर ९ को अध्यक्ष पदमा देवकोटाको दाबी
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg