चन्द्रपुर । रौतहटको चन्द्रपुर ७ का गरिब तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । सोमबार रामकुमार कोइराला स्मृति प्रतिस्ठान तथा कबिप्रसाद अधिकारीको सम्झनामा १ सय जनालाई कम्बल वितरण गरिएको प्रतिस्ठानका सदस्य प्रमोद कोइरालाले जानकारी दिए ।


आज बनबहुअरी र मुसहर बस्तिमा कम्बल बितरण गरिएको र भोलि मंगलबार नयाँ बस्तिका विपन्नहरुलाई कम्बल बितरण गरिने कोइरालाले बताए ।

१०१ बर्षिय बृद्धा गिरिजादेबी विष्टलाई कम्बल ओढाउँदै प्रमोद कोईराला ।

कम्बल बितरण कार्यक्रममा प्रतिस्ठानकि उपाध्यक्ष देवकी नेपाल, वडाध्यक्ष बिष्णु प्रसाद उप्रेति, दिल बहादुर बस्नेत,कृष्ण दहाल,दिनेश खनाल लगायत स्थानिय युवा र प्रतिस्ठानका सदस्यहरुको उपस्तिथि रहेको थियो ।