सनी लियोनीको मधुबन गितले मच्चायो बबाल

233

एजेन्सी–सनी लियोनीको गीत मधुबनका विषयमा बबाल मच्चिएको छ । अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा संशोधन गर्ने बताएको छ । अहिले अपलोड गरिएको भिडियो सबै हटाइनेछ ।
हिन्दूस्तान टाइम्सका अनुसार सारेगामाले भनेको छ हालैका प्रतिक्रियाहरु हेर्दै र देशका नागरिकहरुका भवनाको सम्मान गर्दै हामी मधुबन गीतको नाम र बोल दुवै परिवर्तन गर्नेछौं । सारेगामाले अगाडि भनेको छ ३ दिनभित्र सबै प्लेटफर्ममा ३ दिनभित्र पुरानो गीत हटाइनेछ र त्यसको ठाउ“मा नया“ गीत हुनेछ । मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले अभिनेत्री सनी लियोनी र गायकलाई चेतावनी दिदै यो भिडियोको लागि माफी माग्न र ३ दिनभित्र यो भिडियो हटाउन अन्यथा कारवाहीको लागि तयार रहन भनेका थिए । यसअघि पनि नरोत्तम मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाचीले आफ्नो मंगलसूत्रको विज्ञापन हटाएका थिए ।
३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाहरुविरुद्ध कारवाही
अहिले पनि चेतावनीको तत्कालै पछि कम्पनीले प्रतिक्रिया दिदै भिडियो बदलिने बताएको छ । मन्त्रीको चेतावनीको हवाला नदिइ कम्पनीले यो निर्णय हालैका प्रतिक्रियाहरुपछि लिइएको बताएको छ । नरोत्तम मिश्राले भनेका थिए केही विधर्मी लगातार हिन्दू भावनालाई आहत गरिरहेका छन् ।
एउटा भिडियो मधुवनमे राधिका नाचे निन्दनीय प्रयास हो । म सनी लियोनी जी, शारिब र तोशी जीलाई चेतावनी दिन्छु कि उहा“हरु बुझ्नुस् । यदि उहा“हरुले ३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही गर्नेछौं । यो गीतमा १९६० को फिल्म कोहिनूरमा मोहम्मद रफीले गाएको गीतका बोही बोल पनि थिए । नरोत्तम मिश्राका अलावा पुजारीहरुले पनि भिडियोलाई आपत्तिजनक पाएको बताउदै यदि यसलाई हटाइएन भने अदालत जाने बताएका थिए ।